पहिलाे अपडेट / जेठ १५, अर्घाखाँची
नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेकाे छ ।
गत जेठ १० गते भारतबाट घर फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान–९ चरेपानी अर्घाखाँचीका ३४ बर्षिय एक पुरुषको रिपोर्ट कोरोना पोजेटिभ अाएसंगै मृत्यु हुनेकाे संख्या ६ पुगेकाे हाे ।
१० गते ज्यान गएका गैरेकाे स्वाव परिक्षणकाे लागि पठाईएकाेमा अाज मात्रै रिपाेर्ट अाएकाे हाे । गैरेकाे शवकाे सन्धिखर्कमा व्यवस्थापन गरिएकाे ( गाडिएकाे ) थियाे ।