पहिलाे अपडेट / ज्येष्ठ १२
अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा २४ घण्टामा ४० सैयाकाे अाइसाेलेसन कक्ष तयार पारिने भएकाे छ ।
अर्घाखाँचीमा काेराेना संक्रमण पुष्टि भएसंगै यसकाे निराकरणका लागि तत्काल अाईसाेलेसन कक्ष निर्माण गरिने भएकाे हाे ।
जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं ८ पालीमा क्वारेन्टाइनमा रहेका दुई जनामा काेराेना संक्रमण पुष्टि भएपछि अाज साँझ बसेकाे सराेकारवालाकाे वैठकले उक्त निर्णय गरेकाे हाे ।
वैठकले जिल्लामा काेराेना संक्रमणलाई नियन्त्रण बाहिर जान नदिन विशेष पहल थाल्ने निर्णय गरेकाे रेडक्रस साेसाईटी अर्घाखाँचीका अध्यक्ष कुशल भुसालले जानकारी दिए ।
साथै संक्रमित दुवैजनाकाे कन्ट्याक ट्रेसिङकाे काम समेत अगाडि बढिसकेकाे भुसालले बताए । यस सम्वन्धमा थप जिज्ञासाकाे लागि सम्पर्क गर्दा प्रमुख जिल्ला अधिकारिसंग सम्पर्क हुन सकेन ।