Ultimate magazine theme for WordPress.

खोइ हाम्रा जनप्रतिनिधि ? खोइ हाम्रा नेता ?

589
  • युवराज पाण्डे, अर्घाखाँची

विश्व महामारीका रूपमा फैलिएको कोरोनाले हामीलाई पनि अछुतो राखेन । यसले सबै वर्गका मान्छेलाई गम्भीर असर पु¥याएको छ । यो महामारीले पारेको सबै असर नकारात्मक मात्र छैन । यसले हामीलाई केही अवसर पनि प्रदान गरेको छ । यसबाट उत्पन्न परिस्थितिले हामीलाई हाम्रा कमी कमजोरीबाट हुने परिणामका बारेमा स्पष्ट पाठ पनि सिकाएको छ । राज्य शक्तिमा रहेका व्यक्तिमा इच्छा शक्ति र निर्णय क्षमता भएमा जस्तो सुकै प्रतिकुलतामा पनि क्षतिलाई कम गर्न सकिने विभिन्न देशका उदाहरणबाट हामी स्पष्ट भैसकेका छौँ । विभिन्न सञ्चार माध्यमबाट यस विषम परिस्थितिमा तमाम प्रवासी नेपालीको दुखद अवस्थाका बारेमा हामी सवैले सुनेकै छौ । आंशिक सहयोग नै नभएको पनि होइन तर जे जसरी हुनुपर्ने हो त्यसरी सहयोग नभएका कारण जोखिमको अवस्था वाट जेनतेन आफ्नो जन्म भूमिमा केहि मान्छेहरु आइरहेका त छन् । कयौ अरु बाटोमै रहेका समचार सुन्दा मेरो मनमा विभिन्न जिज्ञासाहरू उब्जेका छन् । मलाई हाम्रा जिल्लाका प्रतिनिधि र नेताहरूसमक्ष ती जिज्ञासाहरू राख्न मन लागिरहेको छ । प्रत्यक्ष संवाद गर्ने अवसर प्राप्त नभएर यही पत्रमार्फत म मेरा जिज्ञासाहरू मेटाउने प्रयास गरेको हुँ । यी जिज्ञाशाहरू केही गरी सम्बन्धित व्यक्तिहरूसमक्ष आइपुगेमा तिनका बारेमा स्पष्ट पारिदिनुहुने छ भन्ने कुरामा पनि मैले विश्वास लिएको छु । हुनत केहि प्रतिनिधिहरुले उदाहरणीय कार्य नगर्नु भएको पनि होइन । राज्य सत्ताका अन्तिम स्रोत भनेकै जनता हुन । विपतको वेला जनताको सेवा गर्नु नै जनताका प्रतिनिधिको दायित्व र कर्तव्य हो । हिजो आज जोखिम लिएर नै भएपनी प्रवासी नेपालीहरु जिल्ला फर्कने क्रम वढदो छ । जिल्ला भित्र उनिहरुलाई सुरक्षीत तवरले ल्याई जोखीम न्यनीकरणका अन्य आवश्यक कार्य र सर्त केवल देखावटी र झारा टर्ने मात्र नहोस । अन्य जिल्लामा जस्तो यहाँ क्वारेन्टिन वाट भागने मनस्थिति नवनाउनका निम्ती सरोकारवाला पक्षको ध्यान गएको छ भन्नेमामा हामी विश्वसत छौ । अहिले सम्म सुरक्षीत जस्तो देखीए पनि परिक्षणको निम्ती जिल्ला भित्रै आवश्यक प्रवन्ध गर्ने कार्यमा तह अनुसारका प्रतिनिधिहरुले भुमिका निर्वाह गर्नु भएको कुरा छिट्टै नै प्रमाणित हुने छ ।

जिज्ञासाहरु
१.चुनावमा भोटका लागि प्रयोग गरिएका प्रवासी चाहिँदाका भाँडा, नचाहिँदाका ठाँडा मात्रै भएका हुन् त ?
२.चुनावका बेला जसरी ल्याउन सकियो अहिले तत्यसरी ल्याउन किन सम्भव भएन ?
३.के उनीहरू चुनावको बेला पैसा उठाउन प्रयोग हुने चुनाव खर्चका आंशिक स्रोत मात्र हुन् ?
४.यहाँ अनावश्यक ठाँउमा सहयोगका नाममा सामग्री वितरण गरी सस्तो लोकप्रियता कमाउनु भन्दा उनीहरूर्ला व्यवस्थित तवरले जिल्लाभित्र ल्याई सुरक्षित व्यवस्थापन गर्न सक्ने क्षमता नभएर हो कि इच्छाशक्ति नभएर ?
५.तपाईँहरूले उनीहरूको जीवन रक्षाको लागि केही काम नगरेपछि के उनीहरूलाई उनीहरूका परिवार र आफन्तले सधैभरि तपाईँहरूको राजनैतिक अस्तित्व जोगाई राखिदिनु पर्ने हुन्छ होला र ?
६.तपाइँहरूलाई भौतिक विकासबाट प्राप्त हुने आर्थिक लाभको मात्र चिन्ता छ कि आफ्ना जनताको जीवन रक्षाको चिन्ता छ?
७.स्थानीय सरकारको अधिकारको प्रयोग गरी विदेशमा रहेका आफ्ना जनताका लागि सो अधिकार प्रयोग गर्न नमिल्ने हो ?
८.के कोरोनाका कारण कहिल्यै नेतृत्व परिपर्वतन हुँदैन भन्ने सोँच्नु भएको हो ?
९.नेतृत्व भनेको सहज परिस्थितिमा आफै हुन सक्ने कामका लागि सहयोग गरे जस्तो गरी फाइदा लिन तँछाडमछाड गर्ने हो कि असहज परिस्थितिमा जनताको सहारा बन्नु ?
१०. कि डिगाको सरापले झिँगो मर्दैन भनेर हो ?
११.सांसद विकास कोष वा स्थानीय तहकहो रकम मानवीय जीवनरक्षाका निम्ति रकमान्तर गर्न नमिल्ने हो ? वा कमिसन कम आउने हो ?
१२ जनताको जिवन रक्षाको लागी जिम्मेवार निकाय स्थानीय तहका प्रतिनिधि मात्रै हुन या सवै तहका ?
१३ राहात कोषको रकम व्यवस्थापन गरी उनीहरुलाई ल्यायदा के जटिलता उत्पन्न होला र ?
१४ चुनावमा पछाडी वसी ताली पडकाइ हौसला वढाएका उनिहरुको हौसला यो वेला नवढाएर कहिले वढाउने होला

Comments
Loading...