पहिलो अपडेट / जेठ ७, अर्घाखाँची
गुल्मीका कोरोना संक्रमित युवाको ज्यान गएको समाचार आइरहेका बेला अस्पतालले भने हल्ला निराधार भएको बताएको छ ।
क्रिमसन अस्पतालमा उपचाररत युवाको विषयमा समाचारहरु सार्वजनिक भएपछि क्रिमसन प्रशासनले विज्ञप्ती जारी गर्दै विरामीको उपचार चलिरहेको वानकारी गराएको हो ।
यसअघि पहिलो अपडेट, सेतोपाटी, न्युज २४ लगायतका संचार माध्यमहरुले स्रोत उल्लेख गर्दै मृत्यु भएको समाचार प्रकाशन प्रशारण गरेका थिए ।
यस विषयमा पहिलो अपडेट डटकमबाट क्रिमसनमा पटक पटक सम्पर्क गर्दा पनि फोन सम्पर्क हुन सकेन ।