Ultimate magazine theme for WordPress.

छाया पाेलिक्लिनिकाका कर्मचारीकाे पिसिअार परिक्षण

1,406

हरिप्रसाद भुसाल / जेठ ५, पहिलाे अपडेट

अर्घाखाँची जिल्लाकाे सदरमुकाम सन्धिखर्कमा रहेकाे छायाँ पाेलिक्लिनिकमा उपचार गरि बुटवल रिफर गरिएका गुल्मीका एकजनामा काेराेना संक्रमण पुष्टि भएसंगै अर्घाखाँचीमा सतर्कता अपनाईएकाे छ ।

गुल्मिका युवामा संक्रमण पुष्टि भएसंगै छायाँ पाेलिक्लिनिक सिल गरिएकाे छ भने पहिलाे चरणमा पाेलिक्लिनिकका सम्पुर्ण कर्मचारहरुकाे पिसिअार टेष्ट गरिने भएकाे छ ।

“पिसिअार परिक्षणकाे लागि पाेलिक्लिनिकमा काम गर्ने १० जना कर्मचारीहरुकाे श्वास संकलन गरिएकाे छ ।” सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले पहिलाे अपडेट डटकमसित भने “संक्रमित विरामीले करिव एक/डेढ घण्टा पाेलिक्लिनिकमा बिताएकाे र ल्याव टेष्ट समेत गरेकाे देखिएकाे छ ।”

संकलित स्वाव अाजै परिक्षणकाे लागि पठाईनेछ । थापाका अनुसार पहिलाे चरणमा कर्मचारीहरुमा परिक्षण गरिनेछ भने दाेस्राे चरणमा संलग्न सम्पुर्णकाे पहिचान गरि परिक्षण गरिनेछ ।

Comments
Loading...