Ultimate magazine theme for WordPress.

गुल्मीका कोरोना संक्रमित गम्भिर, अहिले क्रीमसन अस्पतालको भेन्टिलेटरमा

314

पहिलाे अपडेट / जेठ ५, वुटवल

अाज कोरोना संक्रमण पुष्टि भएका गुल्मीका एक पुरुष गम्भीर विरामी रहेको पाइएको छ ।

मदाने गाउँपालिका वडा नं. २ का ४१ बर्षीय पुरुषमा सोमबार मात्रै कोरोना पुष्टि भएको थियो ।

उनी जेठ १ गते ज्याण्डिस रोगको उपचारका लागि गुल्मिबाट बुटवल लगिएका उनको अहिले क्रीमसन अस्पताल मणिग्रामको भेण्टिलेटरमा रहि उपचार भैरहेको छ ।

उपचारको क्रममा उनमा कोरोना शंका लागेपछि पिसीआर जाँच भएको थियो । त्यसपछि स्वास्थ्य मन्त्रालयले उनमा कोरोना पुष्टि भएको रिपोर्ट आजै सार्वजनिक गरेको थियो ।

यसैबीच तिलोत्तमास्थित क्रीमसन अस्पताललाई अहिले सिल गरिएको छ । त्यहाँ कोरोना संक्रमित भेटिएपछि सम्भावित जोखिम कम गर्न सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल सिल गरिएपछि अस्पताल बाहिर भित्र गर्न दिइएको छैन । अन्य रोगका विरामीहरुलाई बाहिर निकालिएको छ ।

कोरोना पोजेटिभ देखिएका बिरामीलाई कोरोना विशेष अस्पताल लैजाने तयारी भैरहेको जनाइएको छ ।

Comments
Loading...