Ultimate magazine theme for WordPress.

काेराेना कहर : भुमिकास्थानले नयाँ रणनिति बनाउदै

641

पहिलाे अपडेट / जेठ ५, अर्घाखाँची

जिल्ला बाहिरबाट अाउनेहरुलाई अनिवार्य क्वारेन्टाईन राख्न सफल अर्घाखाँचीकाे एकमात्र स्थानिय तह भुमिकास्थान नगरपालिका नयाँ रणनितिमा जुटेकाे छ ।

जिल्लाबाहिर बाट अाउने सवैलाई अनिवार्य क्वारेन्टाईनमा राखेकाे नगरपालिकाले छिमेकी देश भारतबाट अाउनेहरु बढ्न थालेपछि नयाँ रणनिति बनाउन थालेकाे हाे ।

सडक तथा पैदलमार्गबाट दैनिक मान्छे भित्रन थालेपछि नगरले देशभित्रबाट अाएकाहरुमा तुलनात्मक रुपमा कम जाेखिम हुने भएकाले अनिवार्य हाेम क्वारेन्टाईनमा राख्ने  तर भारतबाट अाउनेहरुलाई नगरपालिकाले तयार पारेकाे छुट्टै अनि फरक ढंगले क्वारेन्टाईन राख्ने तयारी गरिरहेकाे बुझिएकाे छ ।

करिव चार देखि पाँच हजार मानिसहरु देश बाहिरबाट अाउने अनुमान गरेकाे नगरपालिकाले भित्रने सवैलाई क्वारेन्टाइनमा राख्नेगरी तयारी गरिरहेकाे नगरप्रमुख रेशम थापाले जानकारी दिए ।

विशेष अवस्थावारे छलफल गर्न नगरपालिकाले अाज कार्यपालिका बैठक बाेलाएकाे छ । बैठकले देश बाहिरबाट अाउनेहरुलाई कसरी सुरक्षित र सहज रुपमा क्वारेन्टाईन राख्ने, जिल्लाबाहिरबाट अाउनेहरुलाई घरमै क्वारेन्टाईन राखि त्याे घरलाई जाेखिमयुक्त घरकाे रुपमा राखि सवैलाई सचेत गर्ने र राहतलाई प्रभावकारि कसरी बनाउने जस्ता विषयमा खाका तयार पार्ने अपेक्षा गरिएकाे छ ।

Comments
Loading...