Ultimate magazine theme for WordPress.

अर्घाखाँचीमा एकैदिन भारतबाट १८ जना भित्रिए

1,036

हरिप्रसाद भुसाल / जेठ ४, अर्घाखाँची

छिमेकी देश भारतबाट अर्घाखाँचीमा एकैदिन १८ जना भित्रिएका छन् ।

पछिल्लो समयमा कोरोनाको तिव्र जोखिममा परेको भारतबाट एकैदिन १८ जना भित्रिएको भूमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द बेल्वासेले जानकारी दिए ।

बेल्वासेका अनुसार आज भित्रिएका मध्ये १० जना अर्घाखाँची जिल्लाका र ८ जना छिमेकी प्यूठान जिल्लाका रहेका छन् ।

१० जना मध्ये ९ जना भूमिकास्थान नगरपालिकाका हुन भने एकजना मालारानी गाउँपालिकाका हुन् ।

जिल्ला भित्रिएका अर्घाखाँची जिल्लाका मानिसहरुलाई स्थानीय तहहरुले क्वारेन्टाईनको व्यवस्थापन गर्ने र प्यूठानका मानिसहरुलाई प्यूठान पठाउने तयारी भैरहेको बेल्वासेले पहिलो अपडेट डटकमलाई जानकारी दिएका छन् ।

सिमानामा अपपत्र परेकाहरुलाई दुईओटा एम्वुलेन्स मार्फत अर्घाखाँची ल्याइएको हो ।

Comments
Loading...