पहिलो अपडेट जेठ ३, अर्घाखाँची
हिजो अर्घाखाँची जिल्लामा एउटा हल्ला फैलियो । जिल्लामा पिसिआर विधिबाट गरिएको रिपोर्टमा दुईजनामा कोरोना पोजेटिभ भेटिएको हल्लाले सामाजिक सन्जाल तात्यो ।
कुनै औपचारिक पुष्टी नभएको यो समाचार यती भाइरल भयो की जिल्ला नै आतंकीत हुने अवस्थामा पुग्यो ।
तर यो हल्लामा कुनै सत्यता नभएको जिल्ला प्रशहासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । हालसम्म जिल्लामा कुनैपनि कोरोना संक्रमित नभएको जिल्ला प्रशासन कार्यालयले प्रष्ट पारेको छ ।