Ultimate magazine theme for WordPress.

त्रिदेशिय वार्ता मार्फत सिमा समस्या समाधान गर्न जनता समाजवादीकाे अाग्रह

140

पहिलाे अपडेट / जेठ १, अर्घाखाँची

जनता समाजवादी पार्टी, नेपाल, अर्घाखाँचीले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । वैशाख ३१ गते जारी विज्ञप्तिमा भनिएको छ, लिपु लेक, कालापानी र लिम्पियाधुरासम्मै नेपालको भूमि रहेको ऐतिहासिक तथ्य हुँदाहुँदै पनि नेपाल सरकारको कमजोर कूटनीतिका कारण भारतले नेपालको लिपु लेक हुँदै चीनको भूभाग जोड्ने सडक निर्माण गर्नु नेपाली जनताका निम्ति असहनीय विषय हो । तसर्थ वास्तविक नक्सा सार्वजनिक गरि त्रिदेशीय वार्तामार्फत यो समस्याको समाधान गर्नका लागि सरकारको तर्फबाट गम्भीर पहलकदमी होस । पार्टीका जिल्ला समन्वय समिति जिन्दक खड्का र सचिव जेबी दर्लामीको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा कोरोनाका कारण भारत र अन्य देशहरूमा अलपत्र परेका नेपालीको तत्काल उद्धार गरि स्वदेशमा ल्याइ उनीहरूको व्यवस्थापन गर्न र अर्घाखाँचीमा वास्तविक समस्यामा परेकाहरूलाई भन्दा पनि राजनीतिकरण गर्दै राहत वितरण गरिएको चौतर्फी आवाज उठिरहेको सन्दर्भमा सम्बन्धित निकायबाट छानबिन गरि राहत वितरणमा पारदर्शिता अपनाउन सरकारको ध्यानाकर्षण गराउदछौं भनिएको छ ।

Comments
Loading...