पहिलाे अपडेट / जेठ १, काठमाण्डाै
अर्घाखाँचीका स्थाई बासिन्दा रहेका नेपाली राष्ट्रिय खेलाडी कमल श्रेष्ठले विश्व अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण जित्न सफल भएका छन् ।
फ्रान्समा जारी विश्व अनलाइन तेक्वान्दोमा ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जित्दा दोस्रो र तेस्रो स्थान पनि नेपाली खेलाडी नै बनेका छन् ।
सागका स्वर्ण पदक विजेता कमलले सात दशमलव ६७ अंक ल्याएर पहिलो भए । त्यस्तै जितबहादुर बोटे दोस्रो र प्रेमबहादुर लिम्बु तेस्रो भए । महिला तर्फका नेपाली खेलाडी पार्वती गुरुङले ३० वर्ष मुनि समूहमा रजत जितेकी छन् ।
अमेरिकी खेलाडी भन्दा झिनो अंकले पछि पर्दै गुरुङले रजत पदक जितेकी हुन् ।