पहिलाे अपडेट / जेठ १, अर्घाखाँची
अर्घाखाँची जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थाहरु अाज दिउसाेबाट बन्द हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अाज दिउसाे १ बजेबाट यहि जेठ ५ गतेसम्मका लागि बैंक तथा वित्तिय संस्था बन्द गर्न निर्देशन दिएकाे हाे ।
अत्यावश्यक परेकाे खण्डमा सेवा दिनुपर्ने अवस्था अाएमा कार्यालयमा सम्पर्क गर्न समेत कार्यालयले अनुराेध गरेकाे छ ।