Ultimate magazine theme for WordPress.

सिमा विवाद समाधान गर्न उच्च स्तरमा सार्थक वार्ता गराैँ : देउवा

110

पहिलाे अपडेट / ३१ वैशाख, काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतसँगको सीमा विवाद समाधानका लागि कुटनैतिक र राजनैतिक रूपमा उच्चस्तरमा पहल गर्न आग्रह गरेका छन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा उनले सीमा समस्या समाधानका लागि वक्तव्यवाजी मात्र नगरी उच्च स्तरमा सार्थक एवं परिणाममुखी पहल गर्न आग्रह गरेका हुन् ।

देउवाले नेपालका लागि अहिलेसम्ममै सबै भन्दा ठूलो सहयोग राशीसम्बन्धी अमेरिकी सरकारसँग अघिल्लो सरकारले गरेको सम्झौता, एमसीसीलाई अगाडि बढाउन पनि सरकारलाई सुझाव दिएका छन् ।

त्यस्तै देशको समृद्धि, कोरोना विरुद्धको संघर्ष र लिपुलेकलगायतको राष्ट्रियताको विषयमा सरकारले चाल्ने सकारात्मक कदममा  सहयोग गर्ने उनले प्रतिवद्धता समेत जनाएका छन् ।

Comments
Loading...