Ultimate magazine theme for WordPress.

काेराेनाका कारण दुवइमा अर्घाखाँची खाँचिकाेटका युवाकाे ज्यान गयाे

2,908

पहिलाे अपडेट / बैशाख ३०
यूएई – यूएईमा कोरोनाको कारण मंगलबार मात्रै १ जना अर्घाखाँचीवासी युवाको ज्यान गएको छ । यूएईको आबुधाबीमा एक रेष्टुरेन्टमा काम गर्ने अर्घाखाँची खाँचिकाेटका ३९ वर्षिय युवाको ज्यान गएको हो ।

कोरोना सङ्क्रमणका कारण लामो समय उपचाररत अर्घाखाँचीका युवालाई कोरोना सङ्क्रमण हुनासाथ आबुधावीको ब्रुजेल अस्पतालमा भर्ना गरिएको थियो । अवस्था नाजुक बन्दै गएपछि उहाँलाई अलऐनको ब्रुजेल अस्पतालमा सारिएको थियो ।

भेण्टीलेटरमा राखेर उपचार भईरहँदा मंगलबार ज्यान गएको अस्पतालले पुष्टि गरेको कम्पनीले परिवारलाई जानकारी गराएको छ । उहाँ पहिलो पटक यूएई आउनुभएको थियो । अघिल्लो हप्ता यूएईमै अर्घाखाँची नुवाकाेटका एक युवाको पनि कोरोना सङ्क्रमणका कारण ज्यान गएको थियो ।

( दुवईबाट पत्रकार उमाकान्त पाण्डेकाे सहयाेगमा )

Comments
Loading...