Ultimate magazine theme for WordPress.

प्युठानमा काठमाण्डाैबाट अाएका ११ जनामा अारडिटी पाेजेटिभ

747

प्यूठान  : प्यूठानका ११ जनाको ¥यापिड डाइग्रोस्टिक टेस्ट (आरडिटी) परिक्षण पोजेटिभ देखिएको छ । प्यूठान नगरपालिकाको मरन्ठानामा रहेको क्वारेन्टाइनमा बसेका ८ जना पुरुष र ३ जना महिलाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी दिए । उनका अनुसार ती सवै जना काठमाण्डौँबाट आएका हुन् । उनीहरु प्यूठान नगरपालिका क्षेत्रका हुन् ।

उनीहरुको स्वाव पिसिआर जाँचका लागि भैरहवा पठाउने तयारी भइरहेको कक्षपतीले जानकारी दिए । यसअघि दुई जना यूवा आरडिटी पोजेटिभ देखिएपनि उनीहरुलाई कोरोना पुष्टि भएको छैन् । आरडिटीमा पोजेटिभ देखिदैँमा त्रसिन हुन नपर्ने स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । किट अभावमा रोकिएको परिक्षण सोमवारदेखि पूनः सुचारु भएको छ ।

Comments
Loading...