Ultimate magazine theme for WordPress.

कपिलवस्तुमा भेटिए ३ जना नयाँ संक्रमित, देशभर संक्रमितकाे संख्या १ सय ९ पुग्याे

215

पहिलाे अपडेट / बैशाख २७, काठमाडौ
कपिलवस्तुमा तीन जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । याेसंगै नेपालमा संक्रमितकाे संख्या १०९ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा तीन जना संक्रमित भेटिएका हुन् । संक्रमित १७, १८ र १८ नै वर्षका पुरुष रहेका छन् । उनीहरुको ठेगाना कहाँ हो अझै खुल्न सकेको छैन् । जिल्लामा विहीबार मात्र २ जनामा कोरोना पुष्टि भएको थियो ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु बाहेक थप ४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला र पर्साको छपकैयाका ६२ वर्षीय पुरुष्मा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

Comments
Loading...