Ultimate magazine theme for WordPress.

अर्घाखाँचीका वृद्ध दम्पतीले गरे चौरासी पूजाको खर्च कटौती विद्यालयमा सहयोग

938

पहिलो अपडेट, बैशाख २५, अर्घाखाँची

अर्घाखाँची जिल्लाका एक वृद्ध दम्पतीले चौरासी पुजामा हुने खर्च कटौती गरी स्थानीय विद्यालयमा अक्षेयकोष स्थापना गरेका छन् ।

जिल्लाको छज्ञदेव गाउँपालिका वडा नं. ६ ठूलापोखरा निवासी दिनामणी आचार्य र श्रीमती कुमारी आचार्यले जीवनज्योती आधारभूत विद्यालयको लागि ५० हजारको अक्षेयकोष स्थापना गरेका हुन् ।

देशको असहज अवस्थाको बेलामा भड्किलो पूजा गरी जोखिम मोल्नुभन्दा समाजको लागि केही गर्ने हेतुले अक्षेयकोष स्थापना गरेको वडा अध्यक्ष कमल पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार उक्त दम्पत्तीले यही विद्यालयमै केही समय अघि ५० हजारको बेग्लै अक्षेयकोष स्थापना गरेका थिए । अक्षेयकोषको रकम विद्यालयमा जेहेन्दार विद्यार्थीको लागि खर्च गर्ने उनले जानकारी दिए ।

Comments
Loading...