Ultimate magazine theme for WordPress.

बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना सङ्क्रमण

129

काठमाण्डौ – बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ । योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या २४५ पुगेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

सङ्क्रमित सबै नेपालीको अवस्था सामान्य रहेको र बहराइन सरकारले नै उपचार गरिरहेको दूतावासले जनाएको छ ।

बहराइनमा अहिलेसम्म १ हजार ९ सय ५० जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये १ हजार ७ सय ६२ जना निको भएका छन् । सङ्क्रमितमध्ये कति नेपाली निको भए भनेर खुलाइएको छैन । बहराइनमा ८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

Comments
Loading...