Ultimate magazine theme for WordPress.

कालाेबजारी नभएकाे प्रष्ट पार्दै चेम्वरले भन्याे : सहज र सुलभ अापुर्तीका लागि सचेत छाैँ

157

पहिलाे अपडेट / बैशाख १८

संकटका वेला अर्घाखाँची जिल्लामा कालाेवजारी भएकाे भन्नेखालका टिप्पणिहरु अाईरहेका वेला अर्घाखाँची चेम्बर अफ कमर्सले यस्ता हल्लामा कुनै सत्यता नभएकाे बताएकाे छ ।

चेम्वर अफ कमर्सले संकटका वेला जाेखिम माेलेरै भएपनि खाद्यान्न तथा दैनिक उपभाेग्य बस्तुकाे सहज अापुर्तीका लागि व्यवसायीहरूले खेलेकाे भुमिकाकाे लागि अाभार समेत व्यक्त गरेकाे छ ।

चेम्वर अफ कमर्शका जिल्ला अध्यक्ष अशाेक कुमार श्रेष्ठले एक प्रेस बिज्ञप्ती जारी गरि अाफुहरु सहज अापुर्तीकाे लागि जाेखिम माेल्न तयार रहेकाे स्पष्ट पारेका छन् ।

“तरपनि विषम परिस्थितिमा धमिलाे पानीमा माछा मार्न खाेज्ने नहाेलान भन्न सकिन्न ।” अध्यक्ष श्रेठले भनेका छन् “कहिँ कतै यस्ता प्रवृति छन् भने उनिहरुलाइ कारवाहिकाे दायरामा ल्याउनकाे लागि चेम्वर अर्घाखाँची सहयाेग गर्न तयार छ ।”

अर्घाखाँची चेम्वर अफ कमर्सले संकटकाे बेला जाेखिम माेलेरै भएपनि सहज अापुर्तिमा भुमिका खेल्ने सवै व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गर्दै संकटकाे बेला व्यवसायिक धर्म बिर्सनेहरुप्रति सवै एक हुनुपर्नेमा समेत जाेड दिएकाे छ ।

चेम्वरले संकटकाे वेला ब्यवसायिक धर्मलाई नविर्सन समेत व्यवसायिहरुलाई अाग्रह गरेकाे छ ।

Comments
Loading...