सफलताको रहस्य अवसर कुरेर बस्नुमा हुन्छ ।
– डिज्रायली
आजको समय व्यर्थमा बितायौ भने भोलि पनि त्यस्तै हुन्छ र विस्तारै आलस्य बढ्दै जान्छ ।
– शेक्सपियर
एकपटक अवसर गुम्यो भने फेरि त्यो अवसर फर्केर आउँदैन ।
– अङ्ग्रेजी उखान
अवसर गुमाउनु सफलता गुमाउनु हो ।
– चाल्र्स
समयको कुनै क्षण पनि यस्तो छैन जसमा भाग्य निर्माणका लागि अवसर उपस्थित नभएको होस् । यदि मानिसले यस अवसरलाई चिन्न र लिन जान्न सकेन भने उसले त्यो अवसर फेरि कहिल्यै पनि पाउने छैन ।
– स्वेट मार्टेन
खराब काम गर्न दिनमा सयौं अवसर आउँछ तर भलाईको काम गर्न वर्षमा एकपटक मात्रै अवसर आउँछ ।
– भोल्तेयर
जो अवसरलाई समात्न सक्छ त्यही सफल व्यक्ति हो ।
– गेटे
जो आफूलाई सहायता गर्दैन, उसलाई अवसरले पनि सहायता गर्दैन ।
– सोफोक्लिज
कुनैपनि अवसर सानो ठूलो हुँदैन । सानो अवसरको बुद्धिपूर्ण प्रयोगपछि ठूलो अवसर हुन्छ ।
– स्वेट मार्टेन
रात रहे अग्राख पलाउँछ ।
– नेपाली उखान
मौका आउँछ फर्कँदैन, त्यसमा चुक्ने महामूर्ख हो ।
– लेखनाथ पौड्याल
व्यर्थमा कौडी पनि खर्च गर्न हुन्न, मौकामा हीरा पनि फोर्नुपर्छ ।
– नेपाली उखान
बुद्धिमान मानिसले आफूले पाएको भन्दा बढी अवसर बनाउँछ ।
– फ्रान्सिस बेकन
जब हामी विचार गर्न रोक्छौं हामीले धेरै अवसर गुमाउँछौं ।
– साइरस
अवसर एकैपटक मात्र ढोका ढकढक्याउन आउँछ ।
– यूनानी उखान