काठमाडौं । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । उनलाई ललितपुरको कुसुन्तीस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप उनीमाथि छ । एकजना प्रहरीका उच्च अधिकारीले दिएको जानकारीअनुसार प्रधानमन्त्रीमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो ।
उनलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको बताइएको छ । ललितपुरका एसपी टेकप्रसाद राईले उपाध्याय पक्राउ परेको पुष्टि गरेका छन् ।