Ultimate magazine theme for WordPress.

अन्तराष्ट्रिय अर्घाखाँची सम्पर्क मन्चद्वारा जिल्लाका अति विपन्नहरुलाइ सहयाेग

144

अनिता भुसाल / बैशाख ७, पहिलाे अपडेट

अन्तराष्ट्रिय अर्घाखाँची सम्पर्क मन्चले अर्घाखाँची जिल्लाका अतिविपन्न व्यक्तिहरुलाई अार्थिक तथा खाद्यान्न सहयाेग गरेकाे छ ।

मन्चले जिल्लाका विभिन्न स्थानमा रहेका अाधा दर्जन बढि परिवारलाइ करिव ५० हजार बरावरकाे अार्थिक तथा खाद्यान्न सहयाेग गरेकाे हाे ।

सहयाेगकाे विवरण तथा विज्ञप्ती सहित

रू ५०,००० ( पचास हजार ) सहयोग समपन्न !!

अन्तर्रास्टिय अर्घाखाँची सम्पर्क मंच ले विस्व भर फैलीरहेको कोरोना भाइरस को दुःखद प्रभाव ले जनजीवन अस्तब्यस्त बनाउदा पहिलो चरण को सहयोग जिल्ला मा रहने केही दुःखी,गरिब,अति बिपन्न बर्ग,असाय र रोग संग लडी रहेका ब्यक्ति हरू को ७ घर परिवार लाई रु ५०,००० (पचास हजार) नगद तथा खाद्यन सामग्री हस्तान्तरण गरेको छ ।

 जुन रकम आफनो छाक बाट केही काटेर पीड़ित लाई सहयोग पुगोस भन्ने हेतु ले संकलन गर्नु हुने संस्था का सम्पूर्ण पद्धाधिकारी ज्यूँ हरू लाई हिर्दय देखी धन्यबाद दिन चाहन्छु ।

 हामीले अब सक्दो छिटो दोस्रो चरण को सहयोग दुःखी, गरिव, असाय को लागी गर्ने छौ यस को लागी यहा हरू ले यदि सहयोग गर्न चाहेमा हाम्रो संस्था मा आब्ध हुन र संगै हातेमालो गर्न म अनुरोध पनी गर्न चाहन्छु ।

 सहयोग प्राप्त गर्नु हुने ब्यक्ति को नाम र ठेगना यस प्रकार छ ।

१- मालारानी गा. पा. वार्ड नो ४ निवासी क्यांसर पीड़ित भुवन रिजाल को रास्टिय बाणिज्य बैंक मा रहेको खाता मा रु १०,००० (दस हजार) जम्मा गरिएको छ ।

२- मालारानी गा. पा. वार्ड नो ५ बागी निवासी बिबस कुंवर को आमा सरिता कुंवर लाई रु १०,००० (दस हजार) वार्ड अध्यक्ष शोभाखर भुसाल, पत्रकार नबिन केसी र स्थानीय गीता कुंवर को उपस्थिति मा नगद हस्तान्तरण गरिएको छ ।

३- संधिखर्क न. पा. वार्ड नो १० सानो बराप निवासी क्यांसर पीड़ित गोपाल बिस्वकर्मा लाई रु १०,००० (दस हजार) उनकै नाम मा रहेको रास्टिय बाणिज्य बैंक को खाता मा जम्मा गरिएको छ ।

४- छत्रदेब गा.पा. वार्ड नो ६ ठुलापोखरा निवासी पदम बन्जाडे लाई रु १०,००० (दस हजार) को खाध्यन सामग्री वार्ड अध्यक्ष, संस्था का सल्लाहकार हरि प्रसाद भुसाल र अम्बिका श्रेस्ठ को उपस्थिति मा हस्तान्तरण गरिएको छ ।

५- भुमिकास्थान न.पा. वर्ग नो ९ निवासी गत चैत१ मा हिमपात बाट मृत्यु हुने शालिकराम बलाल को श्रीमती मिना बलाल लाई रु ५००० ( पाँच हजार ) को खाद्यान्न वडा सदस्य हुमकान्त पाैडेल र स्थानिय अाेमकला गिरि को उपस्थिति मा हस्तान्तरण गरिएको छ ।

६- भूमिकास्थान न.पा. वार्ड नो ४ निवासी पार्वती खत्री र साेहि पालिकाकाेे वडा नं ३ निवासी मान बहादुर बिक को घर परिवार लाई रु ५००० (पाँच हजार) को खाद्यान्न संस्था का सल्लाहकार हरि प्रसाद भुसाल ले हस्तान्तरण गर्नु भएको छ ।

अन्त्य मा छर छिमेक मा कतै कुनै समस्या परे को बखत मा हामी लाई जानाकारी गराउनु होला हामी ले सक्दो सहयोग गर्ने छौ । भन्दै यो माहामारी लाई पराजित गर्न सरकार ले घोषणा गरेको लकडाउन को नियम पालना गर्दै स्वास्थ को अति नै ख्याल गर्नु होला ।
धन्यबाद ।

रन्जीत कुमार क्षेत्री
अध्यक्ष
अन्तर्रास्टिय अर्घाखाँची सम्पर्क मंच

Comments
Loading...