Ultimate magazine theme for WordPress.

उ आतंककारी हो ?

133

– यशु सापकोटा फूलमति

अँध्यारो औंसीको रातहरु
सुनौलो बिहानीमा परिवर्तन भए जस्तै
उ पनि औंसी जस्तो जीवनमा
पुर्णिामा बनेर आएको थियो
साहारा बिहिन म पथिक
उ साहारा बनेर आयो
कहिले फूल कहिले काडा बनेर
आएको थियो उ आतंककारी बनेर
उ आतंककारी हो ।
मेरो मान्सिकपटलमा छाउने
हृदयका फाँटमा हरियाली ल्याउने
सारा अङ्गमा नै एककिसिमको
उर्जा दिएर सुर्य बन्यो
त्यही भएर त आज म
उसको यादहरुले
डडिरहेकी छु
सुर्यको ज्वाला जस्तै
दन्किरहेकी छु
उ आतंककारी हो ।
आज नयनबाट
नुनिलो बर्षात बनेर
धप्प बलेको अनुहारको खुशी लुट्दै
झरेको छ उ
भट्टीमा पोलिरहेको सेकुवा जस्तै
भित्र-भित्र पोलिरहेकी म
रगत उमलिरहेको छ
नशाहरु चुडिन खोज्दै छन
शरीरमा आतंक मचिरहेको छ
उसका फगत यादहरुले
उ आतंककारी हो ।

मेरो जीवनमा आतंक ल्याएर
शितलताको जिन्दगी जिउने
साच्चै उ आतंककारी हो ।

Comments
Loading...