पहिलाे अपडेट / बैशाख ५, काठमाडौ
पुर्वराजा ज्ञानेन्द्र शाहले संकटकाे बेला सवै पक्ष एकजुट भई अगाडि बढ्नुपर्नेमा जाेड दिएका छन् ।
“संकट र संवेदनाको यस कठिन घडीमा पक्ष विपक्षको राजनीति गर्नु अत्यन्त भयावह हुन सक्छ ।” शाहले भनेका छन् “आम नागरिकको जीवन रक्षा र जिविकाका लागि देश भित्रका सबै पक्ष मिलेर एकजुट भई अघि बढ्ने बेला आइसकेको छ ।”
निषेधकाे राजनिति घातक हुनसक्ने संकेत गर्दै ज्ञानेन्द्रले भनेका छन् “कसैलाई निषेध गरेर अघि बढ्न खोज्नु अन्यथा हुन सक्ने कुरा समय र परिवेशले दर्शाई सकेको अवस्था हो।”
हेर्नुहाेस पुर्वराजाकाे स्टाटस जस्ताकाे तस्तै :
संकट र संवेदनाको यस कठिन घडीमा पक्ष विपक्षको राजनीति गर्नु अत्यन्त भयावह हुन सक्छ । आम नागरिकको जीवन रक्षा र जिविकाका लागि देश भित्रका सबै पक्ष मिलेर एकजुट भई अघि बढ्ने बेला आइसकेको छ ।