Ultimate magazine theme for WordPress.

काेराेना नियन्त्रणकाे लागि बैंक अफ काठमाण्डाैकाे ५ लाख सहयाेग

113

बैशाख ४ / पहिलाे अपडेट

बैक अफ काठमाण्डौं लिमिटेडले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषलार्इ ५ लाख रुपैंया सहयोग गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा उपचारको लागि संघिय तथा प्रदेश सरकारलार्इ सहयोग गर्ने उदेश्य बमोजिम गण्डकी प्रदेश सरकारलार्इ बैंकले सामाजिक उत्तरदायित्वबहन गर्ने उदेश्यले उक्त रकम गणडकी प्रदेशका मुख्य मन्त्री माननीय पृथ्वी सुव्वा गुरुङलार्इ बैंकका गण्डकी प्रदेश प्रमुख श्री दिनेश बहादुर थापाले हस्तान्तरण गर्नुभएको हो ।

लकडाउनको अवधीमा पनि अत्यावश्यक सेवा अन्तर्गत यस वैंकले एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी ग्यारेण्टी जस्ता सेवा सुविधाहरु प्रदान गर्नुका साथै आफ्नो ग्राहकहरुको सुरक्षालार्इ उच्च प्राथमिकतामा राख्दै मोवाइल वैंकिङ तथा इन्टरनेट वैंकिङ जस्ता उच्च डिजिटल वैंकिङ माध्यमहरुको अत्याधिक प्रयोगलार्इ उचित बढावा र प्रोत्साहन दिदैं आइरहेको छ ।

Comments
Loading...