Ultimate magazine theme for WordPress.

जन्मदिनकाे अवसरमा  अर्घाखाँचीकी १२ वर्षिय बालिकाले गरिन सुरक्षाकर्मिहरुलाई डिटाेल साबुन प्रदान

1,075

अनिता भुसाल / बैशाख ४, अर्घाखाँची

देश काेराेनाका कारण लकडाउन छ । काेराेनाबाट सुरक्षित रहनका लागि सामाजिक दुरि कायम गर्न र अधिकतम साबुनपानिले हात धुन सरकारले अाग्रह गरिरहेकाे छ ।

यसै सन्दर्भमा अाज जन्मदिन परेकी एक १२ बर्षिया बालिकाले जिल्लाका तीन सुरक्षा निकायका सुरक्षाकर्मिका लागि सावुन सहयाेग गरेकी छन् ।

सन्धिखर्क नगरपालिका वडा नं १ शान्तबंगैचा निवासी बालिका ईच्क्षा भुसालले जन्मदिनमा खर्च कटाैति गरि जिल्लाका तिनअाेटै सुरक्षा निकायलाई ५०/५० थान डिटाेल सावुन प्रदान गरेकी हुन् ।

भुसालले जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी वल ३६ नं गुल्म र रामवाण गुल्मलाई ५०/५० थान सावुन हस्तान्तरण गरेकी हुन् ।

Comments
Loading...