Ultimate magazine theme for WordPress.

पाल्पाबाट पैदलै काेहलपुर हिडेका १७ कामदार अर्घाखाँचीमा अलपत्र

731

पहिलाे अपडेट / बैशाख २, अर्घाखाँची

पाल्पाबाट पैदलै काेहलपुर हिडेका १७ जना कामदार अर्घाखाँचीकाे सितापुरमा अलपत्र परेका छन् ।

सितापुरबाट स्थानिय सामाजिक अगुवा जनक केसीले जनाएअनुसार पैदलै हिडेका उनिहरु मुसलधारे पानी परेपछि अलपत्र परेका हुन् ।

केसीले फेसबुक स्टाटस पाेष्ट गर्दै पाल्पाकाे रिडिमा झाेलङ्गे पुल बनाउने काममा लागेकाेमा ठेकेदारले बाटाे खर्च समेत नदिएपछि बिना पैसा बाटाे लागेका उनिहरुलाइ सहयाेगकाे अपिल गरेका छन् ।

५ महिला सहितका १७ जना कामदारहरु पाल्पाबाट अर्घाखाँचीी हुँदै काेहलपुरकाे यात्रामा थिए । पैसाकाे अभावमा काम गरिरहकाेे स्थानमा बाँच्नेफउपाय नभेटेपछि बाटाेमा जे भेटिन्छ त्यहि खाने हिम्मत जुटाएर उनिहरुले यात्रा शुरु गरेका थिए ।

हेर्नुहाेस स्थानिय युवा जनक केसीकाे फेसबुक स्टाटस जस्ताकाे तस्तै :

पाल्पा देखि पैदल यात्रा कोहलपुर जाने १७ जना आज सितापुरमा मुसल्धारे पानीमा अलपत्र परेका छन..

आज मिति २०७७/०१/०२ गते मगलबार समय ०८:१५ बजे एक महिना देखि पाल्पा रिडिको झोलङ्गे पुल बनाउने १७ जना कामदार आज सितापुरमा अलपत्र परेका छ्न.१७ जना मध्य ५ जना महिला पनि छन। ठेकदार बिजय नाम गरेकोले मैना भरी काम गरेर जम्मा १००० का दरले १७ जनालाइ दिएको तर त्यो पैसा उधारो खाएको तिर्दा सक्कियो पुरै पैसा नदिएको पटक पटक माग्दापनि दिएन कामदार तुल्सिराम थारुले बताए.पानी मुसलधारे परिरहेको थियो पैसा छैन बिहान अलि अलि खाएर हिडेको दुकान कतै देखिएन खान केही खाएका छैनौ.खाना पकाउने संभावना थिएन किन कि रातिको ८ बजि सक्यो सितापुरमा भने जस्तो होटलपनि थिएन पानी मुसलधारे परिरहेको थियो.खान खुवाउन नसके पनि केहि त गर्नु पर्छ भनी हाम्रै सितापुर निवासी समाजसेवि राजेन्द्र केसिको पहलमा ८ किलो चिउरा र १७ प्याकेट चाउचाउ २ बोटल जम्बो कोकले आजको दिन सितापुरमै ब्यबस्थापन गरियो यदि कोहि दयालु हुनुहुन्छ भने उहाँहरुलाई कोहलपुर पुर्यादिनु हुन अनुरोध गर्दछौ

ठेकदारको नाम बिजय (मो-९८२३३७०११५ )
कामदारको नाम तुल्सि राम थारु- (मो-९८१४५३१७११)

Comments
Loading...