Ultimate magazine theme for WordPress.

प्रदेश ५ का मुख्यमन्त्रीले भने : ” जो जहाँ छ, त्यहीँ बसौँ, लकडाउनको अर्थ लकडाउन नै हो “

155

२७, चैत्र / पहिलो अपडेट

प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोख्रेलले लकडाउनको अर्थ लकडाउन नै हुने भन्दै जो जहाँ छ त्यहीँ बस्न अनुरोध गरेका छन् ।

एकाएक सरकारले दुई दिनको लागि काठमाण्डौ बाहिर जान दिने निर्णय गरेको समाचार बाहिर आएसंगै पोखरेलले लकडाउनको मर्म बुझ्न आग्रह गरेका हुन् ।

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक संजालमा स्टाटस पोष्ट गर्दै प्रदेश भित्र जो जहाँ छ त्यही बस्न र केही समस्या भए वडा कार्यालयमा जानकारी गराउन अनुरोध गरेका छन् ।

३ गतेपछि आवश्यकताको आधारमा बरु आउजाउ खोल्न सकिने भन्दै पोखरेलले त्यतीन्जेल हतार नगरी धैर्य गर्न आग्रह गरेका हुन् ।

यद्यपी दिउसो भोली र पर्सीका लागि काठमाण्डौबाट बाहिर जान दिने निर्णय गरेको सरकारले साँझ एकाएक निर्णय उल्टाउदै बाहिर जान नदिने निर्णय गरेको हो ।

सरकारको यो अपरपिक्व निर्णयको चौतर्फि आलोचना भएको छ । कतिपयले भने मुख्य मन्त्रीहरुको विरोधपछि सरकार पछि हटेको टिप्पण्ी समेत गरेका छन् ।

Comments
Loading...