न्यूयोर्क– अमेरिकामा थप एक नेपालीको कोरोनाले मृत्यु भएको छ ।
नेपाली मूलका अमेरिकी नागरिक निमा टेम्बा शेर्पाको मंगलबार बिहान सवा ५ बजे बजे न्यूयोर्कको क्विन्सस्थित एल्मर्स्ट अस्पतालमा निधन भएको अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्कीले पुष्टि गरेका छन् । उनको निधनसँगै कोरोना संक्रमणबाट न्यूयोर्कमा निधन हुने नेपाली मूलका मानिसको संख्या पाँच पुगेको छ।
करिब ३२ करोड जनसंख्या भएको अमेरिकामा ४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्युहाँ मर्नेको संख्या करिब १३ हजार पुगेको छ भने २२ हजारभन्दा बढी निको भएका छन्।