Ultimate magazine theme for WordPress.

देउराली यातायात अर्घाखाँचीद्वारा कोरोना निन्त्रणको लागि ६ लाख ६ हजार सहयोग

569

अनिता भुसाल पहिलो अपडेट, अर्घाखाँची

देउराली यातायात व्यावसायी प्रा.लि. अर्घाखाँचीले कोरोना रोकथामको लागि जिल्लामा रहेका स्थानीय तहहरुलाई सहयोग गरेको छ ।

जिल्लाका स्थानीय तहहरुले शुरु गरेको राहत कोषमा प्रा.लि.ले हरेक स्थानीय तहलाई एक लाख एक हजारका दरले सहयोग गरेको हो ।

अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा मुख्य कार्यालय रहेको देउराली यातायातले यस अघि पनि विभिन्न सामाजिक कार्यमा हातेमालो गर्दै आइरहेको छ ।

संसारभर आतंकको रुपमा अगाडी बढेको कोरोाना नियन्त्रणमा लागि हातेमालो गर्नका लागि आफुहरुको तर्फबाट सवै स्थानीय तहहरुलाई समान रुपमा आर्थिक सहयोग गरिएको संस्थाका प्रवक्ता गोविन्द बन्जाडेले जानकारी दिए ।

देउराली यातायातले अर्घाखाँची जिल्लाका गाउँ गाउँ सहित विभिन्न जिल्लाहरुमा यातायात सेवा प्रदान गर्दै आइरहेको छ ।

Comments
Loading...