Ultimate magazine theme for WordPress.

अर्घाखाँची चेम्वर अफ कमर्सद्वारा मालारानी गाउँपालिकालाई सर्जिकल माक्स हस्तान्तरण

196

अनिता भुसाल /चैत्र २२, अर्घाखाँची

अर्घाखाँची चेम्बर अफ कमर्सले मालारानि गाउँपालिकालाई निशुल्क सर्जिकल माक्स प्रदान गरेकाे छ ।

चेम्वरले २०० थान माक्स गाउँपालिकाका अध्यक्ष बालकृष्ण अाचार्यलाई हस्तान्तरण गरेकाे अर्घाखाँची चेम्वर अफ कमर्सका अध्यक्ष अशाेक श्रेष्ठले जानकारी दिए ।

चेम्वर अफ कमर्श जिल्ला शाखा अर्घाखाँचीका वरिष्ठ उपाध्यक्ष महेन्द्र सेजवाल, सदस्य राजु पन्थि र पुर्ण श्रेष्ठ लगायतकाे उपस्थितिमा माक्स हस्तान्तरण गरिएकाे हाे ।

चेम्वरले यस अघि नै जिल्ला अस्पताल, सन्धिखर्क नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, रामवाण गुल्म, शसस्त्र प्रहरी बल, पत्रकारहरु सहितलाई माक्स हस्तान्तरण गरिसकेकाे चेम्वरका प्रवक्ता हरिप्रसाद भुसालले जानकारि दिए ।

अध्ययक्ष श्रेष्ठका अनुसार केही दिन भित्रमै जिल्लाका अन्य स्थानीय तहहरुलाई समेत माक्स वितरण गर्ने कार्यक्रम रहेकाे छ ।

Comments
Loading...