अनिता भुसाल / चैत्र १९, पहिलो अपडेट
अर्घाखाँची चेम्वर अफ कमर्सले निशुल्क माक्स वितरण गरेको छ ।
अर्घाखाँची चेम्वर अफ कमर्सले जिल्लाका विभिन्न निकायहरुलाई माक्स हस्तान्तरण गरेको हो ।
चेम्वर अर्घाखाँचीका अध्यक्ष अशोक कुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष महेन्द्र सेजवाल, महासचिव प्रकाश भुसाल, कोषाध्यक्ष राम कुमार श्रेष्ठ, जिल्ला प्रवक्ता हरिप्रसाद भुसाल, जिल्ला सदस्य राम प्रसाद अधिकारी लगायतले प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलल मार्फत माक्स हस्तान्तरण गरेका हुन् ।
माक्स ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले संकटका बेला माक्स वितरण गर्नु प्रसंसनीय काम रहेको भन्दै चेम्वरको यो भूमिकाबाट सवैले पाठ सिक्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी मार्फत चेम्वरले अस्पताललाई १४०० थान,, जिल्ला प्रहरी कार्यालयलाई ४०० थान, शसस्त्र प्रहरी बललाई २०० थान, रामबाण गुल्मलाई २०० थान, सन्धिखर्क नगरपालिकालाई ४०० थान र नेपाल पत्रकार महासंघलाई १०० थान संस्थागत रुपमा माक्स वितरण गरेको हो ।
माक्स ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले संकटका बेला माक्स वितरण गर्नु प्रसंसनीय काम रहेको भन्दै चेम्वरको यो भूमिकाबाट सवैले पाठ सिक्नुपर्ने बताए ।
अर्घाखाँची जिल्लामा भएको संभावित समस्यालाई मध्यनजर गर्दै चेम्वरले निशुल्क माक्स वितरण गरेको हो । जिल्लामा थप अभाव भएको अवस्थामा केन्द्रसंग समन्वय गरी न्यूनतम मूल्यमा माक्स उपलव्ध गराउन आफुहरुले भूमिका खेल्ने अध्यक्ष श्रेष्ठले बताए ।