Ultimate magazine theme for WordPress.

खड्का परिवारले दुई महिनाकाे घरभाडा मिनाहा गर्ने

253

अर्घाखाँची । कोरोनाको कारण विश्व संकटमा परिरहेको बेला नेपालमा पनि सन्त्रास छाएको छ । कोरोनाको सन्त्रास बढेपछि नेपाल सरकारले देशभर लकडाउन घोषणा गरको छ भने आफु सक्दो राहत प्याकेज घोषणा गरको छ ।

राहत प्याकेज घोषणा गर्दै सरकारले चैत्र महिनाको घरभाडा नलिन घरधनीलाई आग्रह गरेपनि अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. १ हटारीनेटाका खडका परिवारले चैत र वैशाख महिनाको घरभाडा नलिने घोषणा गरेको परिवारका तेजकुमारी खडकाले बताईन ।

युएईमा बस्दै सामाजिक क्षेत्रमा क्रियाशिल राजु खडकाका परिवारले चैत र वैशाख गरी दुई महिनाको घरभाडा नलिने बताएका हुन ।

अमेरिकामा बस्दै अाएका कान्छा छाेरा खडकाले भने “देश नै संकटमा परेको समयमा हाम्रो घरमा बस्ने ४ परिवारलाई दुई महिनाको घरभाडा नलिने घोषणा गरेका छौ ।”

( घनश्याम पाैडेलले लेखेकाे याे समाचार हामीले हिन्दुखवर डटकमबाट साभार गरेका हाैँ । – सम्पादक )

Comments
Loading...