Ultimate magazine theme for WordPress.

मल्लरानी गाउँपालिका वडा न २ का अध्यक्ष थापा द्वारा प्रहरीलाई अण्डा वितरण

222

माधव खनाल
पहिलाे अपडेट / १७ चैत प्युठान
प्युठान जिल्ला मल्लरानी गाउँपालिका वडा न २ का अध्यक्ष तथा राष्ट्रिय जनमाेर्चाका लाेकपृय नेता लेख बहादुर थापाले दिनरात नभनी जनताको सुरक्षार्थ खटिरहने प्रहरी लाई मध्येनजर राखी प्युठान जिल्लाको मल्लरानी र ऎरावती गाउँपालिका को बिचमा रहेको प्रहरी चौकी चुजाठाटी पुगि अण्डा वितरण गर्नुभएको छ अण्डा वितरण गर्दै थापाले आफ्नो स्वास्थ्यको ख्याल गर्दै जनताको सुरक्षामा खटिन प्रहरीलाई आग्रह समेत गर्नुभएको छ साथै अध्यक्ष थापाले नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप मल्लरानी गाउँपालिका वडा न २ का जनताहरुले पुर्ण रूपमा लकडाउनको पालना गरेको बताउनु भएको छ साथै थापा रोगबारे सचेत गराउदै सावुन पानीले हात धुन आग्रह गर्दै र भिडभाडमा नजान भनी जनताको घरदैलोमा पुग्नुभएको छ ।

Comments
Loading...