Ultimate magazine theme for WordPress.

चैत्र महिनाकाे घरभाडा नलिने घिमिरे परिवारकाे घाेषणा

2,086

अनिता भुसाल/पहिलाे अपडेट चैत्र १६, अर्घाखाँची

काेराेनाकाे कारण संसार संकटमा परिरहेकाे बेला नेपालमा पनि सन्त्रास छाएकाे छ ।

काेराेनाकाे सन्त्रास बढेपछि नेपाल सरकारले देशभर लकडाउन घाेषणा गरकाे छ भने अाफु सक्दाे राहत प्याकेज घाेषणा गरकाे छ ।

राहत प्याकेज घाेषणा गर्दै सरकारले चैत्र महिनाकाे घरभाडा नलिन घरधनीलाई अाग्रह गरेअनुसार अर्घाखाँचीका एक युवा व्यवसायीले चैत्र महिनाकाे घरभाडा नलिने घाेषाणा गरेका छन् ।

सन्धिखर्कमा व्यवसाय गरिरहेका वेदराज घिमिरेले अाफ्नाे घरमा बस्दै अाएका ६ परिवारहरुकाे लागि एक महिनाकाे भाडा मिनाहा गर्ने घाेषणा गरेका हुन् ।

सामाजिक सन्जाल फेसबुकमा स्टाटस पाेष्ट गर्दै घिमिरेले परिवारकाे सललाह अनुसार एक महिनाकाे घरभाडा नलिने कुरा सार्वजनिक गरेका हुन् ।

हेर्नुहाेस् घिमिरेकाे स्टाटस जस्ताकाे तस्तै :

अादरणिय बुवा अामा तथा दाजुभाइ दिदिबहिनिहरू राष्ट्र सङ्कट परेको बेला हिज नेपाल सरकारले घाेसणा गरे अनुसार घरधनिले 1 मैनाकाे घर भाडा नलिनेे भन्ने सम्बन्धमा हाम्रो परिबारकाे गए रातिको अाकस्मिक मिटिङ बसि हाम्रो घरमा बस्दै अाउनु भएका 6 परिबार हुनुहुन्छ वहाँ हरूलाइ चैत्र मैनाकाे घरभाडा नलिने निर्णय गरियाे ॥॥ घिमिरे किराना पसल स .न . पा .1

Comments
Loading...