रूपन्देही, १६ चैत । कोरोना भाइरसको आंशकामा बुटवल काेराेना विशेष अस्पतालकाे क्वारेन्टाइनमा बसेका एक जनाको शंकास्पद मृत्यु भएको छ ।
कोरोना भाइरसको जस्तै लक्षण देखा परेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा क्वारेन्टाइनमा बसेका एक ३४ वर्षीय व्यक्तिको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रुपन्देहीको सैनामैना( ४ मुर्गियाका व्यक्ति रहेको बुझिएको छ । चैत्र ८ गते दुबईबाट नेपाल आएका उनलाई कोरोना संक्रमणको लक्षण देखा परेपछि १३ गते क्वारेन्टाइनमा बसाइएको थियो ।
उनको स्वाव परिक्षणका लागि आजै मात्र काठमाडौँ पठाइएको थियो । मृत्यु के कारणले भएको हो, पुष्टि हुन सकेको छैन । कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र यसबारे विस्तृतमा थाहा हुने बताइएको छ ।