Ultimate magazine theme for WordPress.

पार्टी सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान अन्तरगत भुमिकास्थान नगरपालिका वाड २ ढाकाबाङमा बैठक सम्पन्न

432

हृदय भुसाल ३ चैत्र

पार्टी एकताको सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान अन्तरगत नेपाल कम्युनिस्ट पार्टी नेकपाले भुमिकास्थान नगरपालीका वाड न २ ढाकाबाङमा विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।

बैठकले पार्टी सदस्यता नवीकरण,टोल कमिटीका बैठक संचालन गर्ने, जनसंगठनको गठन पुनर्गठन गर्ने, जनसम्बन्ध बिस्तार जस्ता विभिन्न योजनाहरु निर्माण गरेको नेकपाले जनाएको छ ।

बैठकका प्रमुख अथिती एबम नेकपा ५ नम्बर सदस्य तोज बहादुर रायमाझी बिधानले नेकपा नेतृत्वको सरकारले जनताको माग र अवस्यकताको आधारमा बिकास निर्माणको काम लाई तिनै तहका सरकारले गतिका साथ काम गरेको भन्दै जनताको बिचमा सरकारले गरेका राम्रा कामहरूलाई प्रचार गर्नु पर्ने बताउनु भयो ।

रायमाझीले गलतखालका भ्रमपुर्ण प्रचार गरेको कुरा अब जनताले थाहा पाईसकेको हुँदा नेकपाले जनताको बिकास र जनजिबिकाको सबालमा निरन्तर काम गरेको र आगामी दिनमा अझ प्रभावकारी रुपमा काम गर्ने बताए ।

बैठकका विशेष अथिती एबम नेकपा जिल्ला कार्यालय सदस्य पिताम्वर भुसालले पार्टी एकताको काम ढिला हुदा पार्टी संचालनको गतिमा केहि समस्या आएको भन्दै अब पार्टीको काम लाई भाबनात्मक एकता साथ अगाडी बढाउदै सैद्धान्तिक तथा बैचारिक हिसाबले पनि जनताको जनबादको मुख्य कार्यक्रम लाई केन्द्र भागमा राखेर काम गर्नु पर्ने बताउनु भयो ।

भुसालले अतिबादी राजनैतिक बिचार को भबिस्य सकिएको भन्दै पार्टी काममा उर्जाका साथ काममा लाग्न आग्रह गर्नु भयो । नेकपा जिल्ला सदस्य तथा नगर प्रमुख रेशमले सुसासन पारर्दसीता जनसहभागिता जबाफदेहिताका केन्द्र भागमा राखेर नगरले बिकास निर्माणको काम गरेको बताउनु भयो । बैठकमा जिल्ला सदस्य तथा नगर इन्चार्ज खगिशोर पन्थी जिल्ला सदस्य तथा नगर सहइन्चार्ज ठाकुर सौराग,जिल्ला सदस्य तथा नगर कमिटी अध्यक्ष राजेन्द्र आचार्य, जिल्ला सदस्य तथा नगर सचिव मणि पौडेल जिल्ला कमिटी सदस्य रुद्रमणि खनाल प्रेम गैरे नगरकमिटी सदस्यहरु बिष्णु खनाल,बाबुराम खनाल, जगत खनाल छ्मकला खनाल लगाएतले प्रशिक्षणमुलक मनत्ब्य राख्नु भएको थियो ।

बैठक वाड अध्यक्ष राम ब छेत्रीको अध्यक्षता सचिव चेतन खनालको संचालनमा सम्पन्न भएको नगर प्रचार बिभाग प्रमुख हृदय भुसालले जानकारी दिनु भयो ।

Comments
Loading...