Ultimate magazine theme for WordPress.

प्रधानाध्यापकको हातमा त्यो शक्ति छ जुन आजसम्म कुनै प्रधानमन्त्रीले पाएका छैनन्

468


कुनै शिक्षकमा उत्तम गुणहरू हुुुुुुुुुन्छन् र कुनै शिक्षकमा ती गुणहरू सिकाउने विशेष खुबी हुन्छ । जससँग यी दुवै गुण छन् त्यो नै उत्तम शिक्षक हो ।
कालिदास

प्रारम्भिक शिक्षाका लागि छानिएका शिक्षकहरूलाई शिष्टाचारका कारण शिक्षक भनिए पनि उनीहरूलाई यो नाम दिनु शिक्षक शब्दको दुरुपयोय हो ।
महात्मा गान्धी

सार्थक विश्वविद्यालय त्यहि हो जसले गुणशील शिक्षकलाई आकर्षित गर्छ र शिक्षाको सहायताले मनोलोकको सृष्टि हुन्छ । यही सभ्यताको मूल हो तर हाम्रा विश्वविद्यालयमा यस्ता शिक्षक नभए पनि चल्छ, सायद अझ राम्रोसँग चल्छ ।
रवीन्द्रनाथ टैगोर

प्रधानाध्यापकको हातमा त्यो शक्ति छ जुन आजसम्म कुनै प्रधानमन्त्रीले पाएका छैनन् ।
विन्स्टल चर्चिल

शिक्षकले अनन्तकाललाई प्रभावित गर्छ, ऊ यो भन्न सक्तैन कि कहाँसम्म उसको प्रभाव पुग्छ ।
हेनरी ब्रुक्स एडम्स

हामीले विद्वान् शिक्षक विकसित गर्नुपर्छ न कि शिक्षण शिल्पी । साथै हामीले शिक्षकहरूलाई त्यो तलब, सम्मान र समर्थन दिनुपर्छ जसले गर्दा यो सम्मानित पेसातर्फ सवोत्तम बद्धिमान्लाई आकर्षित गर्न सकियोस् ।
रिचर्ड निक्सन

असल शिक्षकले किताब खोल्दैन, हृदय खोल्छ ।
अङ्गोलर्स

शिक्षण शिक्षकले होइन, वातावरणले गर्छ ।
कार्ल बार्जन

असल शिक्षकले महँगो शुल्क लिन्छ तर खराब शिक्षकले महँगो जीवन नै बर्बाद पारिदिन्छ ।
बक रलबर्ट

शिक्षाको सबैभन्दा ठूलो उद्देश्य हो आत्मनिर्भर बनाउनु ।
स्यामुयल स्माइल्स

शिक्षाको मतलब पढ्नु लेख्नु मात्र होइन । यसको महत्व हो व्यक्ति विकास । यो विना मानिस उन्नतिको शिखर चुम्न सक्तैन ।
स्वेट मार्टेन

साँचो शिक्षा त्यही हो जसबाट हामी आत्मा, ईश्वर र सत्यलाई चिन्न सक्छौँ ।
महात्मा गान्धी

शिक्षाविहीन मानिस सिङ र पुच्छर नभएको जनावर हो ।
संस्कृत उक्ति

जीवनलाई सफल बनाउन शिक्षाको आवश्यकता छ, डिग्रीको होइन । हाम्रो डिग्री भन्नु नै सेवाभाव, नम्रता र सरलता हो । यो गुण छैन भने कागजको डिग्रीको कुनै अर्थ छैन ।
प्रेमचन्द

शिक्षाका साथ जीवनको आदर्श उच्च हुँदैन भने पढ्नु व्यर्थ छ ।
महात्मा गान्धी

शिक्षित मानिस अशिक्षित मानिसभन्दा उति नै श्रेष्ठ हुन्छ जति जीवित मानिस मरेको भन्दा ।
अरस्तु

शिक्षाको ध्येय मनुष्यको ज्ञान वृद्धि गराउनु मात्र हैन, उसको मस्तिष्कको विकास गराउन हो ।
डाडेट

शिक्षा जीवनका लागि हो जीविकाका लागि होइन ।
सत्य साइबाबा

Comments
Loading...