Ultimate magazine theme for WordPress.

युनिसेफ भन्छ : बालबालिकालाई भिडभाडबाट टाढै राख्नुस्, साबुन पानीले हात धुन सिकाउनुस्

172

काठमाण्डौ – संयुक्त राष्ट्र अन्तर्रा्ष्ट्रिय बाल आपातकालीन कोष (यूनिसेफ) ले कोरोना भाइरस (कोभिड–१९) बाट बालबालिकालाई बचाउन विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

युनिसेफले अहिलेसम्मको तथ्याङ्कअनुसार बालबालिकामा सङ्क्रमणको जोखिम कम देखिए पनि बालबालिकाको सुरक्षाका लागि अभिभावक सचेत हुनुपर्ने जनाएको छ । बालबालिकाको नियमित हात धोइदिन, श्वासप्रश्वास सम्बन्धी सरसफाइमा ध्यान दिन,  खोप नियमित लगाउन युनिसेफले आग्रह गरेको छ ।

बालबालिकामा रुघाखोकीलगायत श्वास प्रश्वास सम्बन्धी सङ्क्रमणको लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थामा लैजान र भिडभाड हुनसक्ने कार्यालय, विद्यालय, सार्वजनिक यातायात जस्ता सार्वजनिक ठाउँबाट टाढै राख्न अनुरोध गरिएको छ । सामान्य रुघाखोकी देखिए घरैमा मनग्य आराम गराउन र खानपानमा ध्यान दिन पनि युनिसेफले आग्रह गरेको छ ।

बालबालिकामा समस्या नदेखिएमा र विद्यालय बारेको निषेधात्मक सूचना जारी नभएको अवस्थामा बालबालिकालाई विद्यालय पठाउनु नै उपयुक्त हुने पनि युनिसेफले बताएको छ । बालबालिकालाई बारम्बार हात धुने, अनुहार सकेसम्म नछुने जस्ता व्यवहार सिकाउन अभिभावकलाई आग्रह गरिएको छ ।

साथै आमाहरुलाई सामान्य रुघाखोकी लागेका शिशुलाई नियमित स्तनपान गराउन र आमा निकै नै अस्वस्थ भए आमाकोे दूध निकाली सफा कप वा चम्चाले शिशुलाई खुवाउन सकिने युनिसेफले जनाएको छ ।

सङ्क्रमणको जोखिम भएको बेलामा बालबालिकालाई सकेसम्म यात्रा नगराउन र गराउनै परे सरसफाइ र खानपानमा सचेत हुन युनिसेफले आग्रह गरेको छ ।

( यो समाचार हामीले उज्यालो अनलाईन डटकमबाट साभार गरेका हौं । – सम्पादक )

Comments
Loading...