Ultimate magazine theme for WordPress.

स्वतन्त्र भित्रका खराव अाचरण शुद्धिकरण गरिन्छ : केन्द्रीय अध्यक्ष मसाल

195

अनिता भुसाल / फागुन २८, अर्घाखाँची

स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष केवि मसालले स्वतन्त्र पत्रकार संघभित्रै शुद्दिकरणकाे खाँचाे अा‌ैल्याएका छन् ।

कताकता हाम्राे संगठनभित्र पनि खराव अाचरण र प्रवृति देखिएका छन् । ” मसालले भने ” पत्रकार हुन पत्रकारिता गरेकाे हुनुपर्छ, पत्रकारलाई जनता र समाजले पत्याउने हुनुपर्छ । “

संगठनकाे अान्तरिक भेटघाटकाे क्रममा अर्घाखाँची अाएका मसालले कुनैपनि नागरिककाे राजनितिक अास्था हुने भन्दै स्वतन्त्र पत्रकार संघका साथिहरु पनि अास्थाबिहिन हुन नसक्ने स्पष्ट पारे । “तर कलममा अास्था देखिन हुदैन, पत्रकारले खुलेअाम राजनिति गर्न हुदैन । ” मसालले भने ।

अहिलेसम्म २५ जिल्लामा शाखा रहेकाेमा अब अाफु संगठन निर्माणकाे लागि देश दाैडाहामा निस्कन लागेकाे मसालले बताए । जिल्ला शाखा अध्यक्ष अम्विका श्रेष्ठ लगायतलाई अध्यक्ष मसालले संगठनलाई चलायमान बनाउन निर्देशन समेत दिएका थिए ।

Comments
Loading...