Ultimate magazine theme for WordPress.

नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान नगरकमिटीको पाँचौ पुर्ण बैठक सम्पन्न

203

नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान नगरकमिटीको पाँचौ पुर्ण बैठक नुवाकोटको पोखेडाडामा सम्पन्न भएको छ ।

बैठकले पार्टीले संचालन गर्ने ३ महिने अभियानलाई प्रभावकारी तबरले सम्पन्न गर्न विभिन्न योजनाहरु निर्माण गरेको छ । पार्टी एकतालाई सुदृढीकरण गर्दै जनसम्बन्ध बिस्तार, घरदैलो कार्यक्रम,सदस्यता नवीकरण पार्टी कमिटीका बैठक,प्रशिक्षण तथा विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरि कार्यबिभाजन समेत गरिएको नेकपाले जनाएको छ ।

बैठकमा नेकपा केन्द्रिय सदस्य बोम बहादुर बिक केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज सुसिला शृपाली जिल्ला कमिटी सचीव ठाकुर कुमार बिक प्रदेश कमिटी सचीवालय सदस्य तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे प्रदेश कमिटी सदस्य हरु पिताम्बर भुसाल नरेन्द्र कुमार छेत्री तोज बहादुर रायमाझी बिधान छ्मकुमारी खनाल नेकपा जिल्ला कार्यालय सदस्य पिताम्बर भुसालले बैठकमा प्रशिक्षणमुलक मनतब्य राख्नु भएको थियो ।

बैठक कमिटीका अध्यक्ष राजेन्द्र आचार्यको अध्यक्षता सचीव मणि पौडेलको सन्चालनमा सम्पन्न भएको नगर प्रचार बिभाग प्रमुख हृदय कुमार भुसालले जानकारी दिनुभयो ।

Comments
Loading...