Ultimate magazine theme for WordPress.

केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने

239

  फागुन २१, २०७६ बुधबार

काठमाण्डाै – आज बुधबार पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ ।

पश्चिमी वायु अझै फैलिने भएकाले बिहीबार आजको भन्दा धेरै पानी पर्ने उहाँको अनुमान छ । प्रि-मनसुन सुरु भैसकेकाले बिहान मौसम खुले पनि दिउँसोपछि हुरीबतास चलेर बेलुकीतिर चट्याङसहित पानी पर्नु स्वभाविक हुने पनि उहाँको भनाइ छ ।

( याे समाचार हामीलेे उज्यालाे अनलाईन डटकमबाट साभार गरेका हाैँ । – सम्पादक )

Comments
Loading...