कोराना भाइरसले महामारीको रुप लिएपछि इरानले जेलभित्र रहेका ५४ हजार कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ।
कोभिड १९ भनिने कोरोना भाइरसका कारण इरानमा अहिलेसम्म ७७ जना मानिसले ज्यान गुमाइसकेका छन्। भीडभाडयुक्त जेलमा रहेका कैदीहरुलाई पनि कोरोना संक्रमण हुनसक्ने भन्दै इरान हजारौं कैदीहरुलाई अस्थायी रुपमा रिहा गरेको हो। कोरोना संक्रमण निस्तेज भएपछि बाँकी सजाय भुक्तानीका लागि यी कैदीहरु फेरि जेलमा फर्कनुपर्नेछ।
कैदीहरुमा कोरोना संक्रमण जाँच गरिएको र संक्रमण नभेटिएपछि जेल बाहिर पठाइएको न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्लाइलीले जानकारी दिएका छन्। तर पाँच बर्षभन्दा बढी सजाय तोकिएका कैदीहरुलाई पनि रिहा गरिएको छैन। इरानले जेलमा राखेका सहायताकर्मी नाजानिन जहारीलाई पनि केही समयभित्रै रिहा गर्ने तयारी भइरहेको बताइएको छ।
( याे समाचार हामीले थाहा खवर डटकमबाट साभार गरेका हाैँ । – सम्पादक )