Ultimate magazine theme for WordPress.

पर्वतका सुमन जैसी बेल्जियममा मृत भेटिए

218

पर्वत : जलजला गाउँपालिका–७ धाइरिङ घर भई बेल्जियममा रहँदै आएका ३५ वर्षीय सुमन जैसी मृत फेला परेका छन्।

बुवा हरिराम, आमा देवी, पत्नी र छोरीको साथमा बेल्जियमको लुभेनमा बस्दै आएका सुमन आस्कोट ट्रेन लिगमा क्षत विक्षत भएको अवस्थामा फेला परेका नेपाल जनसम्पर्क समिति बेल्जियमका पूर्वअध्यक्ष गंगाधर गौतमले जानकारी दिए। उनले केही समय अघिदेखि आफूलाई पारिवारिक चिन्ता रहेको भनी साथीहरूसँग पीडा पोख्दै आएका कारण रेलको लिगमा पुगेर आत्महत्या गरेको हुन सक्ने अनुमान छ। सुमन आफू कार्यरत रेस्टुरेन्टमा काम गर्न जान पनि छाडेका थिए।

हत्या हो कि आत्महत्या हो भन्ने यकिन गरेर भन्न नसकिएका कारण घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने जनसम्पर्क समितिका अध्यक्ष गौतमले बताए।

Comments
Loading...