Ultimate magazine theme for WordPress.

देशभरको मौसम : पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा

233

काठमाडौं : आज पनि मध्य तथा पूर्वी पहाडी भू–भागका थोरै स्थानहरुमा र  पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाकाअनुसार स्थानीय वायुका कारण अन्य पहाडी भेगको मौसम आंशिक देखि सामान्य बदली रहनेछ। तराईका भूभागको मौसम भने सामान्यतय सफा रहने महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। अहिले बिहान पनि देशैभरको मौसम समान्यतया सफा रहेको छ।

आज राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। तराईका भूभागमा मौसम सामान्यतय सफा रहेपनि मध्य तथा पूर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। यसैबिच आज बिहान काठमाडौं उपत्यकाको न्यनतम तापक्रम ७ दशमलब २ डिग्री मापन भएको छ। दिउँसो बढेर २४ डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान गरिएको छ।

Comments
Loading...