Ultimate magazine theme for WordPress.

कोरोनाबाट जोगिन मसालले सभा–सम्मेलन नगर्ने

540

१९ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले कोरोना (कोभिड–१९) भाइरसको खतरा बढेको भन्दै भेला, सम्मेलन वा अन्य जमघट हुने कार्यक्रम नगर्ने भएको छ । मसालको केन्द्रीय कार्यालयको सोमबारको बैठकले तत्काललाई सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको हो ।

मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञिप्तमा सबै मोर्चा तथा जनवर्गीय संगठनहरूलाई पनि कार्यक्रम स्थगित गर्न निर्देशन दिएको छ ।

काेराेना भाइरसकाे संक्रमण हुनसक्ने भन्दै नेपाल सरकारले समेत विदेश भ्रमणमा नजान नेपालीहरुलाई अनुराेध गरेकाे छ भने विदेशबाट अाउनेहरुमा समेत कडाइ गरिएकाे छ ।

पहिलो पटक गत डिसेम्बरमा चीनमा देखिएको कोरोना भाइरसका कारण तीन हजार भन्दा बढीको ज्यान गएको छ भने ९० हजारमा यसको संकेत देखिएको छ ।

Comments
Loading...