Ultimate magazine theme for WordPress.

अर्घाखाचीकाे धारापानीमा माेटरसाईकल दुर्घटना हुदा एकजनाकाे मृत्यु

2,116

अनिता भुसाल / फागुन १२, अर्घाखाँची

अर्घाखाँची जिल्लाकाे धारापानीमा भएकाे माेटरसाईकल दुर्घटनामा एक जनाकाे ज्यान गएकाे छ ।

अाज साँझ करिव ७ बजेतिर भुमिकास्थान नगरपालिका वडा नं ४ सानाअाैवल मिलनचाेकमा लु ५६ प ९०१९ नम्वरकाे माेटरसाईकल दुर्घटना हुँदा माेटरसाईकलमा सवार फलामखिलका चाेपलाल घर्तिकाे ज्यान गएकाे हाे ।

दुर्घटनामा गम्भीर घाईते भएका अान्दाजि ३० बर्षिय घर्तिकाे उपचारकाे लागि सन्धिखर्क ल्याउदै गर्दा ज्यान गएकाे हाे ।

घटनामा माेटरसाईकल चालक नवीन अाले र स्थानिय लक्ष्मि सुनार घाईते भएका छन् । घाईते दुवैजनाकाे उपचार भैरहेकाे छ ।

सन्धिखर्कबाट फलामखिलि जादैै गरेकाे माेटरसाईकलले स्थानिय लक्ष्मि सुनारलाई ठक्कर दिएपछि दुर्घटना भएकाे चालक अालेले बताए । अालेका अनुसार महिलालाई बचाउने क्रममा अनियन्त्रित भई माेटराईकल दुर्घटना भएकाे हाे ।

Comments
Loading...