Ultimate magazine theme for WordPress.

कर्मचारी मिलन केन्द्रद्वारा खेलाडी सम्मान

143

हिम लेकाली / फागनु ७, अर्घाखाँची

प्रजातन्त्र दिवसमा अायाेजना गरिएकाे भलिवल प्रतियाेगितामा उत्कृष्ठ प्रदर्शन गरेका खेलाडिहरुलाई कर्मचारी मिलन केन्द्रले सम्मान गरेकाे छ ।

सन्धिखर्कमा एक अाैपचारिक कार्यक्रम गरि केन्द्रले खेलाडिहरुलाई सम्मान सहित मेडल प्रदान गरेकाे हाे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसाल र सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालकाे अातिथ्यतामा खेलाडी सम्मान गरिएकाे हाे ।

प्रजातन्त्र दिवसकाे पुर्वसन्ध्यामा अायाेजना गरिएकाे प्रतियाेगितामा राजनितिक दलकाे टिमलाई पराजित गर्दै कर्मचारी मिलन केन्द्रकाे टिमले प्रथम स्थान हाँसिल गरेकाे थियाे ।

कार्यक्रम मिलन केन्द्रका अध्यक्ष खिम रानाकाे अध्यक्षता र उपाध्यक्ष बिक्रम थापाकाे संचालनमा सम्पन्न भएकाे छ ।

Comments
Loading...