Ultimate magazine theme for WordPress.

निर्वाचन दिवसको अवसरमा अर्घाखाँचीमा अन्तरक्रिया सम्पन्न

151

हिम लेकाली ÷ फागुन ७, अर्घाखाँची

चौथो निर्वाचन दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले निर्वाचनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यालयका नासु रवी अर्यालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, नेकपा नेतृ छमकुमारी खनाल, राष्टिय जनमोर्चाका नेता गोविन्द विसी, समाजवादी पार्टीका केन्द्रीय सदस्य राजु नेपाली, साझा पार्टीका प्रतिनिधी हरिप्रसाद भुसाल, परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल तरकारी जोनका कार्यालय प्रमुख बुद्धिराम भट्टराई लगायतले मन्तव्य राख्दै आगामी निर्वाचनहरु थप व्यवस्थित बनाउन सवैको सक्रियताको आवश्यकता औल्याउनुभएको थियो ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक प्रकाश विष्ट, शसस्त्र पहरी बलका प्रमुख माधव रेग्मी, रामवाण गुल्मका फत्तेबहादर क्याप्छेकी, अनुसन्धान अधिकृत विनय कुमार चतुर्वेदी, कोष प्रमुख राम बहादुर केसी, डिभिजन वन प्रमुख शिव शर्मा, विशेष नापी कार्यालयका प्रमुख खिम राना लगायतको आतिथ्यता रहेको थियो ।

कायक्रम जिल्ला निर्वाचन अधिकारी लाल प्रसाद शर्मा भुसालको अध्यक्षता र रवी अर्यालयको संचालनमा सम्पन्न भएको हो ।

Comments
Loading...