Ultimate magazine theme for WordPress.

अर्घाखाँचीमा समातिए जुवाडेहरु

741

अरघाखाँची जिल्लाकाे सदरमुकाम सन्धिखर्कमा जुवातास खेलिरहेकाे अवस्थामा जुवाडेहरू पक्राउ परेका छन् ।

सन्धीखर्क नगरपालिका वार्ड नं. १ बसपार्क स्थित “न्यु सन्देश एण्ड नबिन होटल” मा केही व्यक्तिहरु तास (जुवा) खेली रहेको भनि कार्यालयमा प्राप्त गोप्य सुचनाको आधारमा जुवाडेहरु पक्राउ गरिएकाे प्रहरीलेे जनाएकाे छ ।

प्रहरी निरीक्षक रामनारायण गुप्ताको कमाण्डमा गएकाे प्रहरी टाेलिले छापा मारी होटलको माथीको छतमा रहेको एउटा मात्र कोठाको ढोका बन्द गरी सोही होटलका संचालक सहित ६ जना व्यक्तिहरु जुवातास खेली रहेको अवस्थामा तास ४ गड्डी र नगद रु. ४१,३१५।-(एकचालिस हजार तिन सय पन्ध्र) सहित फेला पारी पक्राउ तथा बरामद गरी ल्याईएको हाेे ।

 

निजहरुलाई “सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तरगत जुवा कसुर” शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट कानून बमोजिम म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीकाेे भनाइ छ ।

 

प्रहरीले उनिहरुकाेे नाम भने गाेप्य राखेको छ ।

Comments
Loading...